ad ad

राजनीति


गण्डकी प्रदेशका ९ जिल्लामा माधव नेपाल पक्षले बनायो छुट्टै कमिटी, कुन जिम्मेवारीमा को?

गण्डकी प्रदेशका ९ जिल्लामा माधव नेपाल पक्षले बनायो छुट्टै कमिटी, कुन जिम्मेवारीमा को?

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ०:४७,

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट असन्तुष्ट माधवकुमार नेपाल पक्षले गण्डकी प्रदेशमा प्रदेशदेखि जिल्ला तहसम्म छुट्टै कमिटी बनाएको छ।

गण्डकी प्रदेश सचिवालय कमिटीसँगै नेपाल पक्षले प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा अलग्गै अध्यक्ष, सचिव र इन्चार्ज तोकेको हो। मनाङ र मुस्ताङमा भने कमिटी गठन हुन सकेका छैन। 

गण्डकी प्रदेशका इन्चार्ज सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार पोखरामा भएको भेलाले २२ सदस्यीय प्रदेश सचिवालय गठन गरेको हो।

कास्कीमा धनराज आचार्यको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ। जसमा सचिव होम नेपाली चयन भएका छन्। यस्तै सीता गिरीलाई सहइन्चार्ज बनाइएको छ।

स्याङ्जामा कास्कीका चूडामणि जंगलीलाई इन्चार्ज तोकिएको छ भने रामचन्द्र भट्टराईलाई अध्यक्ष ताथ भुपराज अधिकारीलाई सचिव बनाइएको छ।

यस्तै म्याग्दीमा श्रीमाया थकाली इन्चार्ज र बालकृष्ण सुवेदीलाई अध्यक्ष तोकिएको छ भने बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लबहादुर थापालाई सचिवको जिम्मेवारी दिइएको छ।

पर्वतमा मोती पौडेल इन्चार्ज, भक्त कुँवर अध्यक्ष र पदमपाणि शर्मा सचिव चयन भएका छन्। तनहुँमा प्रतापलाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ भने अध्यक्ष शंकनारायण श्रेष्ठ र सचिव श्रीराम कार्की चयन भएका छन्।

गोरखामा यादव बस्नेतलाई अध्यक्ष र सानुमाया बस्नेतलाई सचिवको जिम्मेवारी दिइएको छ।

नवलपुरमा कृष्ण पौडेल इन्चार्ज, धनञ्जय शर्मा अध्यक्ष भएका छन्। उता लमजुङमा प्रतापलाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने सामबाबु अधिकारी अध्यक्ष र हीरा विक सचिव चयन भएका छन्।

सवीन्द्र अधिकारी र सोभियत ढकाललाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिइएको नेपाल पक्षले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .