राजनीति


म पनि चुकेँ कि, इमान्दारभन्दा चाकडी गर्नेले अवसर पाए कि भन्ने समीक्षा गर्नुपर्ने भएको छः प्रचण्ड

म पनि चुकेँ कि, इमान्दारभन्दा चाकडी गर्नेले अवसर पाए कि भन्ने समीक्षा गर्नुपर्ने भएको छः प्रचण्ड

नेपालखबर
चैत १७, २०७७ मंगलबार ९:४३,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलगायतको नेतृत्वपंक्तिले आत्मसमीक्षा गर्नुपर्ने अनुभूति भएको बताएका छन्।

उनले क्रान्तिकारी र इमान्दार कार्यकर्तालाई छायाँमा पारेर जालिफटाहा तथा चाकडी गर्नेहरुलाई मात्र अवसर दिइयो कि भनी समीक्षा गर्नुपर्ने अनुभूति भएको उनले बताएका छन्।

अब नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ भनेर आफूले सार्वजनिक र पार्टीका बैठकहरुमा पनि भन्ने गरेको उनले स्मरण गरे।

‘हामीले अलि अरुसँग चलखेल गरेरै सबै ठीक हुन्छ भन्ठानेर आफ्नै धर्ति बिर्सेउँ कि क्या हो, हामीलाई मायाँ गर्ने र पार्टीलाई यो उचाईमा ल्याइपुर्याउने इमान्दार क्रान्तिकारी नेता कार्यकर्ता छायाँमा परेजस्तो, अलि जालिफटाहा जस्ता, नेतृत्व वरिपरि घुमेर चाकडी गर्नेजस्ताले एकपछि अर्को अवसर पाए की क्या हो, त्यहाँनेर म आफैँ पनि अलिकति चुकेँ कि क्या हो भन्ने चिन्ता आजभोलि भइराख्या छ,’ मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘ढिलै भए पनि त्यो अनुभूति हुनु त राम्रो हो नि, हुँदै नहुनुभन्दा त हुनु राम्रो हो नी।’

प्रचण्डले ढिलै भए पनि त्यो अनुभूति हुनु राम्राभएको दाबी गरे।

‘अनुभूति हुँदै नहुनु भन्दा त ढिलै भए पनि हुनु त राम्रो हो नि,’ माओवादी नेता कार्यकता सहभागी सो कार्यक्रममा उनले भने।

माओवादी पार्टीसँग युद्ध र लोकतान्त्रिक आन्दोलन गरेको अनुभवको पुँजी भएको हुँदा त्यसमै बढी जोड दिनुपर्ने उनको भनाइ थियो।

‘त्यसैले हामीले आफ्नै खुट्टा र संगठनमा टेक्नुपर्यो र आफैलाई मायाँ गर्ने जनतातर्फ, गाउँगाउँ र टोलटोलमा फर्कनुपर्यो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad