ad ad

राजनीति


थारु कल्याणकारिणी सभासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन

थारु कल्याणकारिणी सभासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन

नेपालखबर
चैत १६, २०७७ सोमबार ९:४०,

सरकारले थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

मन्त्रिपरिषदको बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसभाषद भगवती चौधरी सदस्य रहेको तीन सदस्यीय वार्ता समिति बनाएको हो।

सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले थरुहट/थारुवान आन्दोलनका मागका सम्बन्धमा थारु कल्याणकारिणी सभासँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए। वार्ता आजैबाट सुरु हुने पनि सञ्चारमन्त्री गुरुङले बताए।

थरुहट/थारुवान संघर्ष समितिले निलम्बित सांसद रेशम चाैधरीकाे रिहाई, कैलालीकाे टिकापुर घटनामा मुद्दा लागेका आफ्ना नेता कार्यकर्ताकाे मुद्दा फिर्तालगायतका माग राखेर आन्दाेलन गरिरहेकाे छ।

केही दिनअघि गृहमन्त्री रामबहादुर थापा माइतीघर मण्डलास्थित थरुहट/थारुवान संघर्ष समितिकाे धर्नास्थलमा उपस्थित भएर माग सम्बाेधन गर्न तत्काल वार्ता समिति बनाउने प्रतिवद्धता जनाएका थिए।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन जनता समाजवादी दल (जसपा) ले पनि आफ्ना सांसद रेशम चौधरीको रिहाईलाई सर्त बनाएको छ। टिकापुर घटनामा दोषी ठहर निलम्बित सांसद चौधरी हाल डिल्लिबजार कारागारमा छन्।

याे पनि : रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले आज वार्ता टोली गठन गर्दै (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .