राजनीति


सत्तारुढ दलको आन्तरिक कलहले दुवै सदन कामविहीन, अझै बोलाइएन राष्ट्रिय सभा बैठक

सत्तारुढ दलको आन्तरिक कलहले दुवै सदन कामविहीन, अझै बोलाइएन राष्ट्रिय सभा बैठक

नेपालखबर
चैत १६, २०७७ सोमबार ८:०,

प्रतिनिधि सभाको पुनर्स्थापना भएर अधिवेशन बोलाइए पनि सरकारले बिजनेस नदिँदा औपचारिकतामा सीमित बनेको छ।

अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन। त्यसैले प्रतिनिधि सभा बिजनेसविहीन भएर अन्त्य हुने आशंका बढेको छ।

संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहरु परिपूरक भएर सम्पादन गर्नुपर्ने व्यवस्था छ।

प्रतिनिधि सभा पुनस्थापना भएपछि अधिवेशन बोलाइए पनि बिजनेस नपाउँदा अहिलेसम्म बसेका बैठक औपचारिकतामा सीमित बन्न पुगेका छन्।

संसदलाई प्रभावकारी बनाउन अहिले राष्ट्रिय सभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ। सरकारले बिजनेस छैन भनिरहँदा प्रतिनिधि सभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रिय सभाको लागि बिजनेस हुने देखिन्छ।

प्रतिनिधि सभामा ३६ वटा विचाराधीन अवस्थामा रहेका विधेयकहरुमध्ये ४ वटा विधेयक प्रतिनिधि सभामा पेश भएर रहेको अवस्थामा अगाडि बढाउन सकिने संघीय संसदका सह–प्रवक्ता दशरथ धमलाले बताए।

सभामा पेश गर्न तयारी अवस्थाका विधेयकहरुलाई पनि अगाडि बढाउन सकिने प्रवक्ता धमलाले बताए।

यता प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्नुपर्ने अध्यादेशहरु अहिलेसम्म (एकवटा बाहेक) पेश भएका छैनन्।

संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न जारी गरिएको अध्यादेश मात्र सभामा पेश भएको छ। कांग्रेस लगायतका दलले विरोध गरेको अध्यादेश संसद बैठकमा टेबल भइसकेको र बाँकी अध्यादेशमा विरोध नै नरहेको अवस्थामा पनि अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश भएका छैनन्।

संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालु प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ।

पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सह–प्रवक्ता धमलाले बताए।

सत्तारुढ दलभित्रको अन्तर्कलह र विपक्षी दलको निस्क्रियताले संघीय संसदको दुवै सदन निष्काम बनेका छन्।

प्रतिनिधि सभाले बिजनेस नपाएर अन्त्य हुने अवस्थामा पुगेको छ भने सरकारले विभिन्न प्रयोजनको लागि जारी गरेको अध्यादेश पनि संसद बैठकमा पेश नभई निष्क्रिय बन्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad