राजनीति


मोदीले बंगलादेश भ्रमण गर्दा २२ जनाको ज्यान गयो !

मोदीले बंगलादेश भ्रमण गर्दा २२ जनाको ज्यान गयो !

नेपालखबर
चैत १५, २०७७ आइतबार १२:५७,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्दा भएका विरोध प्रदर्शन क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भ्रमण सकेर मोदी आफ्नो देश फर्किसक्दा पनि त्यहाँ हिंसा रोकिएको छैन।आइतबार पूर्वी बंगलादेशमा कट्टर इस्लामिक ग्रुप्सका  व्यक्तिले हिन्दुका मन्दिरमा हमला गरेका छन्। हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ।

यसअघि भ्रमणको सुरुवातका दिन शुक्रबार पनि बंगलादेशको राजधानी ढाकामा सुरक्षकर्मीबाट १२ प्रदर्शनकारीको मृत्यु भएको थियो।

स्थानीय पत्रकार र प्रहरीले समाचार संस्था रोयटर्ससँग बताएअनुसार प्रधानमन्त्री मोदीको भ्रमण सुरु हुनासाथ हिंस्रक प्रदर्शन सुरु भएका थिए। उनी बंगलादेशमा रहँदा पनि धेरै स्थानमा विरोध प्रदर्शन भएका थिए।

बंगलादेश स्वतन्त्र भएको ५०औं वार्षिकोत्सवका अवसरमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी शुक्रबार २ दिने भ्रमणका लागि बंगलादेश प्रस्थान गरेका थिए। भ्रमण क्रममा मोदीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनलाई १२ लाख डोज कोरोना खोप हस्तान्तरण गरेका छन्।

शनिबार साँझ उनी भारत फर्किसकेका भए पनि बंगलादेशमा भने आज आइतबार पनि हिंस्रक प्रदर्शन जारी रहेको जनाइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले भारतका अल्पसंख्यकलाई भेदभाव गर्ने गरेको विरोधमा उत्रिएका कन्टरपन्थी इस्लामिक ग्रुप्सका सदस्यको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad