ad ad

राजनीति


चीनले नेपाललाई दिएको ८ लाख डोज कोरोना खोप बेइजिङ एयरपोर्ट आइपुग्यो

चीनले नेपाललाई दिएको ८ लाख डोज कोरोना खोप बेइजिङ एयरपोर्ट आइपुग्यो

नेपालखबर
चैत १४, २०७७ शनिबार १०:५७,

चीनले नेपाललाई दिन लागेको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप बेइजिङ एयरपोर्टमा आइपुगेको छ।

शनिबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले सहयोगस्वरुप नेपाललाई दिन लागेको ८ लाख डोज खोप बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जानकारी दिएकी हुन्। उनले उक्त खोप छिट्टै नेपाल पुग्ने बताएकी छन्।

Image

‘चीनले नेपालका लागि सहयोगार्थ प्रदान गर्न लागेको ८ लाख डोज कोभिड खोप बेइजिङ अन्तर्राष्टिङय विमानस्थलमा आइपुगेको छ। ती खोप छिट्टै नेपाल आउँदैछन्’, शनिबार सामाजिक सञ्जाल ट्विटरमा राजदूत यन्छीले लेखेकी छन्।

Image

 चीन सरकारले नेपाललाई ८ लाख डोज सिनोफार्मले उत्पादन गरेको खोप दिएको हो।

चीन सरकारले खोप अनुदानमा दिने र नेपाल सरकारले आफैं ल्याउनुपर्ने ब्यवस्था छ।

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .