घाँटीमा मासु अड्किँदा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदनबहादुर चन्दको निधन भएको छ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार शुक्रबार साथीहरूसँग डडेलधुराको सीमामा पर्ने चुनेपानी भन्ने स्थानमा पिकनिक गएका वडाध्यक्ष चन्द घाँटीमा मासु अड्किएपछि बेहोस भएका थिए।
खबर भएपछि घटनास्थल पुगेको प्रहरीले उनलाई महाकाली अस्पताल ल्याएपछि शुक्रबार साँझ चिकित्सकले मृत घोषणा गरेको एसपी चतुर्वेदीले बताए। थप कुरा पोस्टमार्टम रिपोर्टबाट खुल्ने उनले बताए।
चन्द नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए।
3
Shares
प्रतिक्रिया