राजनीति


संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल भने गएनन्

संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल भने गएनन्

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ९:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा दलका संसदीय दलको बैठक बोलाएका छन्। सो बैठकमा सहभागी हुन खनाल बालुवाटार पुगेका हुन्। यसअघि बसेको दलको बैठकमा भने उनी सहभागी भएका थिएनन्।

दलको बैठकमा नेपाल–खनाल पक्षका सबै सांसदहरु सहभागी हुने भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने बालुवाटार नजाने भएका हुन्।

‘वरिष्ठ नेता खनालको नेतृत्वको सांसदहरु बालुवाटार जानुभएको छ। वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल भने बैठकमा जानुहुन्न’, नेपाल र रावल निकट स्रोतले नेपालखबरसँग भन्यो।

दलको बैठकमा सहभागी भएर खनालले आफ्नो धारणा राख्ने बताइएको छ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि पुर्ववत अवस्थामा पुगेको एमालेमा अध्यक्ष ओली र नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ।

फागुन २८ गते अध्यक्ष ओलीले नेपाल पक्षलाई जानकारी नै नदिई माओवादी केन्द्रका २३ जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने, महाधिवेशनको मिति घोषणा गर्ने लगायतका निर्णय गरेपछि एमालेभित्रको विवाद थप चुलिएको हो।

विवादकै कारण ओलीले नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। नेपाल र रावलले बिहीबार स्पष्टीकरणको जवाफ पठाउँदै उल्टै ओलीलाई नै किन कारबाही नगर्ने भन्दै प्रतिप्रश्न गरेपछि ओली झन् रुष्ट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad