राजनीति


नेपाल–खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाउन लिखित रुपमै माग गर्ने

नेपाल–खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाउन लिखित रुपमै माग गर्ने

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ८:५३,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको माग गर्ने भएको छ।

खनाल–नेपाल समूहको शुक्रबार कलंकीमा भएको केन्द्रीय सदस्यहरुको बैठकले २०७५ जेठ २ गतेको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने लिखित माग गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेपाल–खनाल पक्षले एकता अगाडिकै कमिटीको बैठक बोलाउन माग गर्ने भएको हो।

‘हामीले २०७५ जेठ २ गतेको कमिटीहरुको बैठक बोलाउनका लागि लिखित रुपमा माग गर्ने निर्णय गरेका छौँ’, केन्द्रीय सदस्य ठाकुर गैरेले नेपालखबरसँग भने।

कमिटीको बैठक राख्नका लागि २५ प्रतिशत सदस्यले लिखित आग्रह गर्नुपर्ने हुन्छ।

केन्द्रीय सदस्य गैरेले पार्टी एकतालाई जोगाउनका लागि संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको बताए।

केन्द्रीय समिति बैठकपछि अहिले नेपाल–खनाल पक्षधर सांसदहरुको छुट्टै बैठक बसिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad