ad ad

राजनीति


डोल्पाका एमाले अध्यक्ष रोकायाको कोरोना संक्रमणका कारण निधन

डोल्पाका एमाले अध्यक्ष रोकायाको कोरोना संक्रमणका कारण निधन

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ७:२२,

नेकपा-एमालेको डोल्पा जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणका कारण निधन भएको छ।

आज बिहान पाटन अस्पतालमा रोकायाको निधन भएको एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले बताए।

‘उहाँको दुई सातादेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान निधन भएको हो,’ शाहीले नेपालखबरसँग भने, ‘नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्नेछ।’

शाहीका अनुसार रोकायालाई ज्वरो आएपछि जाँच गराउँदा कोरोना संक्रमण पुष्टी भएको थियो। उनका अनुसार एक महिनाअघि रोकाया पार्टीको कामको सिलिसलामा काठमाडौ आएका थिए।

३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए।

‘२०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा उहाँ संस्थापक अध्यक्ष हुनुभएकाे हाे,’ शाहीले भने, ‘त्यसयता एकपटक बीचमा पाँच वर्षबाहेक सधै जिल्ला कमिटी अध्यक्षको रुपमा क्रियाशील रहनुभयो।’

शाहीका अनुसार उनी ६० वर्षका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .