ad ad

राजनीति


चीनविरुद्ध ताइवानले बढायो रक्षा शक्ति, लामो दूरीमा मार हान्नसक्ने क्षेप्यास्त्रको उत्पादन सुरु

चीनविरुद्ध ताइवानले बढायो रक्षा शक्ति, लामो दूरीमा मार हान्नसक्ने क्षेप्यास्त्रको उत्पादन सुरु

नेपालखबर
चैत १२, २०७७ बिहिबार ११:३१,

चीनको खतरा सामना गरिरहेको ताइवानले पछिल्लो समय अमेरिकाबाट हतियार खरिद गरेर रक्षा शक्ति बढाउँदै लगेको छ।

यसबीचमा ताइवानले लामो दूरीमा मार हान्नसक्ने क्षेप्यास्त्रको उत्पादन सुरुवात गरेको ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङले बिहीबार जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

चीनको खतराविरुद्ध ताइवानले क्षेप्यास्त्र उत्पादन थालेको विश्लेषण गरिएको छ किनभने पछिल्लो समयमा चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिइरहेको छ।

चीनले ताइवान आफ्नो भूमि भएको र यो क्षेत्र चीनसँग पुनः समाहित हुने बताउँदै आएको छ। तर आफ्नै संविधान र शासन प्रणाली भएको ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।

ताइवानलाई अलग्गै राष्ट्रको मान्यता नदिन चीनले विश्वका मुलुकलाई चेतावनी दिँदै आएको छ। यद्यपी पछिल्लो समय अमेरिकाले ताइवानलाई हतियारहरु बेच्न थालेको छ।

अमेरिकाले ताइवानलाई अलग्गै राष्ट्रको मान्यता नदिए पनि स्वतन्त्र राष्ट्रकै हैसियतमा ताइवानलाई हतियार बेचेपछि यो कार्यले चीन रुष्ट छ।

चीनका हवाई तथा जल सेना दोहोरिँदै यतिबेला ताइवान नियन्त्रित समुद्री क्षेत्र तथा हवाई क्षेत्रमा घुस्ने गतिविधि बढिरहेका छन्।

ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङ भन्छन्,‘लामो दुरीमा मार हान्नसक्ने क्षेप्यास्त्र हाम्रो प्राथमिकता हो।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .