प्रधानमान्त्री केपी शर्मा ओलीले नेकपा एमालेको थापाथलीमा सर्न लागेका नयाँ कार्यालयको निरीक्षण गरेका छन्।
बुधबार मध्यान्ह प्रधानमन्त्री ओली थापाथली पुगेर नयाँ पार्टी कार्यालयको निरीक्षण गरेका हुन्।
‘निकट भविष्यमा रहने पार्टी कार्यालयको निरीक्षणका लागि प्रधानमन्त्री आउनु भएको हो’, कृषि तथा पशुपन्छी विकास मन्त्री पदमा अर्यालले भनिन्।
एमालेको कार्याललय धुम्बाराहीबाट थपाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको हो।
पार्टी कार्यालयको यो नयाँ भवन प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार रहेका उद्योगपति, पूर्व राज्यमन्त्री तथा एमालेका सांसद मोतिलाल दुगडले खोजेका हुन्।
यो भवन पहिले यूएनले प्रयोग गर्दै आएको थियो। कार्यालय राख्नेबारे आज घरमालिक अग्रवालसँग सम्झौता हुँदैछ।
याे पनि : एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा सर्दै, ढोकामै राखियो ओलीको तस्बिर

प्रतिक्रिया