ad ad

राजनीति


स्पष्टीकरण माग्दै ओली पक्षले भीम रावललाई पठाएको ६ बुँदे पत्रमा एउटा पृथक प्रश्न

स्पष्टीकरण माग्दै ओली पक्षले भीम रावललाई पठाएको ६ बुँदे पत्रमा एउटा पृथक प्रश्न

नेपालखबर
चैत १०, २०७७ मंगलबार २:३३,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षले स्पष्टीकरण माग्दै माधवकुमार नेपाल पक्षका ४ नेतालाई पत्र पठाउने क्रममा भीम रावललाई पनि पठाएको छ।

जसमा वरिष्ठ नेता नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई भन्दा रावललाई एउटा पृथक प्रश्न गरिएको छ।

रावललाई पठाइएको ६ प्रश्नसहितको पत्रमा आर्थिक हिनामिनाको आरोप पनि लगाइएको हो।

अन्तिम अर्थात् बुँदा नम्बर ६ मा सोधिएको छ– ‘पार्टी विधानको धारा ४९ (क) १२ मा उल्लेखित पदीय आचरण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता वा पार्टी सम्पत्तिको हिनामिनामा संलग्न हुन नहुने प्रावधानविपरीत पार्टीको सम्पत्ति हिनामिना गर्ने काममा प्रत्यक्ष संलग्न भई पार्टी कार्यकर्ताको दुःख मेहनतले जम्मा गरेको रकम दुरुपयोग गर्न/गराउन प्रत्यक्ष भूमिका के कति कारणले खेल्नुभएको हो?’

अन्य प्रश्नमा भने अन्य नेतालाई जस्तै पार्टीविरोधी गतिविधि गरेको आरोप लगाइएको छ। रावलविरुद्ध पार्टी अध्यक्षको सरकारलाई बदनाम गराउन झुट प्रचार गरेको र अविश्वास प्रस्ताव दर्ता गराउन अगुवाइ गरेकोलगायत ६ प्रश्न गरिएकाे छ। जसका उत्तर ३ दिनभित्र दिन एमाले केन्द्रीय कमिटीले चैत ८ गते पठाएको पत्रमा निर्देशन दिइएको छ। 

स्रोतका अनुसार नेता रावलले स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गरेपछि घरको बाहिर लेटर बक्समा छाडिएको थियो।

संसद् विघटन गरिएका बेला तत्कालीन नेकपा विभाजन हुँदा प्रचण्ड पक्षमा लागेका नेता रावलविरुद्ध सुदूरपश्चिम कमिटीको बैंक खातामा रहेको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप अध्यक्ष कर्णबहादुर थापाले लगाएका छन्। तर रावलले रकम दुरुपयोग हुन नपाओस् भनेर आर्थिक कारोबार गर्ने प्रदेश कमिटीका पदाधिकारीले अर्को बैंकमा सारेको भनेर यसअघि नै स्पष्टीकरण दिइसकेका छन्।

याे पनि : अवैध केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरण स्वीकार्य छैन : भीम रावल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .