राजनीति


ओलीविरुद्ध बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाको भाका एउटै

ओलीविरुद्ध बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाको भाका एउटै

नेपालखबर
चैत ९, २०७७ सोमबार २:३४,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्धको आलोचनामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष र लेखक खगेन्द्र संग्रौलाको भाका मिलेको छ।

दुवै जनाले आज (सोमबार) बिहानै सामाजिक सञ्जालमार्फत सरकारलाई भष्मासुरको संज्ञा दिएका हुन्।

प्रधानमन्त्री ओली प्रवृत्तिलाई धेरै पहिलेदेखि भष्मासुर भनिरहेका डा. भट्टराईले आज पौराणिक प्रसंगसमेत जोडेर प्रतिगमनविरुद्ध सचेत रहन सम्बन्धित सबैलाई आह्वान गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्‍याउने हैन। भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले) वरदान फिर्ता लिनुसट्टा अर्काले (विष्णुले) छल गरेर वध गरेकाथिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्‍याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो ! नयाँ रणनीति चाहियो !’

उता साहित्यकार संग्रौलाले पनि वर्तमान सत्तालाई भष्मासुरको संज्ञा दिँदै यसविरुद्ध सबै जना सडकमा उत्रिनुपर्ने बेला कोरोनाको बहानामा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनप्रति शंका व्यक्त गरेका छन्।

‘संविधान र संसद एवं गणतन्त्र र संघीयतालाई ध्वस्त पार्ने भष्मासुर प्रवृत्तिविरुद्ध दुनियाँ सडकमा उत्रिनुपर्ने बेलामा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट जोगिन ‘भीड नगर’ भन्ने उर्दी जारी गरेछ,’ उनले ट्विटरमा लेखेका छन्, ‘शंका लाग्छ, सत्ताको भष्मासुरे कोरोना र प्रकृतिको कोभिड कोरोनाबीच सेटिङ मिलेको त हैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad