छापा खबर


नेपाल पक्षका नेतालाई एक्लाएक्लै भेटेर फकाउँदै र तर्साउँदै ओली

नेपाल पक्षका नेतालाई एक्लाएक्लै भेटेर फकाउँदै र तर्साउँदै ओली

नेपालखबर
चैत ९, २०७७ सोमबार २:१३,

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन्।

पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका हुन्।

नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले पनि भटाभट कारवाही गर्ने वा नेपाल समूहका नेतालाई एक्लाएक्लै भेटेर त्यस्ता कमिटीमा नबस्न आग्रह गर्ने, नमाने तर्साउने नीति लिएको खबर आजको नागरिक दैनिकले छापेको छ।

‘हामीले नेपाल पक्षमा नजानुस्, जाँदा कारबाही हुन्छ, पार्टीको अनुशासन उल्लंघन हुन्छ, अनुशासनको कारबाही हुन्छ भनेर सम्झाएका छौँ,’ ओली निकट एक नेताले भने।

उनले नेपाल समूहका सांसद र केन्द्रीय सदस्यसँग बेग्लाबेग्लै कुराकानी भइरहेको बताउँदै केही समयपछि नेपालमात्र एक्लै हुनेगरी नेता कार्यकर्ता ओली पक्षमा आउने दाबी गरे।

शनिबार मात्रै ओलीले अब केही दिनमा नेपाल पक्षका धेरै नेता आफ्नो टिममा आउने दाबी गरेका थिए । केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले नेपालसँगै केही नेताको समेत राजनीतिक भविष्य अन्योलमा पर्ने दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad