राजनीति


सरकारले भन्यो : कोरोना फेरि बढ्न थाल्यो, सभा–जुलुस नगर्नू

सरकारले भन्यो : कोरोना फेरि बढ्न थाल्यो, सभा–जुलुस नगर्नू

नेपालखबर
चैत ८, २०७७ आइतबार १२:३,

सरकारले छिमेकी देश भारतमा कोरोना संक्रमण बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै सभा, जुलुस, र्‍यालीलगायतका गतिविधि नगर्न आग्रह गरेको छ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै भीडभाड हुने गतिविधि नगर्न र दूरी कायम गर्न अनुरोध गरेको हो।

मन्त्रालयले मास्कको प्रयोग अनिवार्य गर्न, साबुन पानिले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ।

‘विगत केही हप्तादेखि विश्व्भरि खासगरी छिमेकी देशहरुमा कोभिड १९ को संक्रमण बढ्दो क्रममा देखिएको छ’, प्रवक्ता प्राडा जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्टि, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायिक कार्य नगर्नू हुन र सामाजिक/भौतिक दूरी, मास्को अनिवार्य र उचित प्रयोग, तथा सावुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत यस मन्त्रालयद्वारा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरु समेत पालना गरी कोभिड १९ को संक्रमण रोकथाममा सहयोग गर्नु सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध छ।’

पछिल्लो समय भारतका उत्तरप्रदेश, दिल्ली, महाराष्ट्र लगायतका प्रान्तमा कोरोना संक्रमण बढीरहेको छ। नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad