नेकपा एमालेका वरिष्ठ झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले युवा संघ नेपालको समानान्तर कमिटी बनाएको छ।
शनिबार राष्ट्रिय सभागृहमा भएको नेपाल–खनाल पक्षको युवा संघको भेलाले नरेश शाहीको नेतृत्वमा सामानन्तर समिति बनाएको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटीसहित ९ जनालाई रहेका छन् भने महासचिवमा दीपक जीएम चयन भएका छन्। युवा संघको पदाधिकारी मात्रै ५० जनाको रहेको छ।
जसमा ८ जना उपमहासचिव र २९ जना सचिव र १ जना कोषध्यक्ष रहेका छन्।
चैत ४ र ५ गते भएको नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले २०७५ जेठ ३ गते अगाडिको संगठनलाई क्रियाशील बनाउने निर्णय गरेको थियो।
नेकपा एमालेमा पछिल्लो समय विवाद उत्कर्षमा पुगेपछि दुवै समूहले छुट्टाछुटै गतिविधि गर्न थालेका छन्।
नेपाल खनाल पक्षले शनिबार नै जयन्ती राईको नेतृत्वमा महिला संघको पनि समानन्तर समितिब बनाएको छ।
प्रतिक्रिया