लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले राजनीतिक दलहरुको अकर्मन्यताको कारण पुनः स्थापित संसद कामविहीन बनेको बताएका छन्।
पुनःस्थापित संसद मृतकलाई श्रद्धाञ्जली मात्रै दिने थलो बन्दा प्रधानमन्त्री केपी ओली झनझन् उदण्ड बन्दै गएको उनको भनाई छ
आइतबार बिहान सामाजिक सञ्जालमार्फत संग्रौलाले संसदका प्रमुख दल र तिनका नेताको प्रवृत्तिलाई व्यंग्य गर्दै यस्तो लेखेका छन् :
‘पुनःस्थापित संसद- मृतकलाई श्रध्दाञ्जली दिने मसानघाट।
नेका देउवा- प्रम खान हात लम्काउँदिनँ, मुखाँ हाल्दिए खाइदिन्छु।
एमाओवादी- अविश्वासकाे प्रस्ताव, भ्यागुत्ताकाे धार्नी।
हावा जसपा- दुई मुख, दुई जिब्रा।
माधव-झल- ओलीलाई धाेपखालीमा व्यस्त।
नतिजा- भष्मासुरे ओली प्रवृत्ति झन्झन् उद्दण्ड!’
प्रतिक्रिया