ad ad

राजनीति


महन्थ ठाकुरले अस्वीकार गरेको उपेन्द्र यादवको राजनीतिक प्रस्तावमा यस्तो लेखिएको रहेछ

महन्थ ठाकुरले अस्वीकार गरेको उपेन्द्र यादवको राजनीतिक प्रस्तावमा यस्तो लेखिएको रहेछ

नेपालखबर
चैत ८, २०७७ आइतबार ०:३९,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हालै बसेको पार्टीको पदाधिकारी बैठकमा वर्तमान राजनीतिक परिस्थिति र निकाससम्बन्धी राजनीतिक प्रस्ताव प्रस्तुत गरे। तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले त्यो प्रस्ताव अस्वीकार गरे।

यही चैत ५ गतेको कार्यकारिणी समिति बैठकमा प्रस्तुत गर्नुअघि उनले ८ पृष्ठ लामो त्यो प्रस्ताव पदाधिकारी बैठकमा पेस गरेका थिए। तर स्वीकार भएन।

आखिर त्यसमा के थियो त?

अध्यक्ष यादवले तयार पारेको प्रस्तावको बुँदा नम्बर ४.७ मा ‘वर्तमान राजनीतिक गतिरोधको निकास’ शीर्षक छ।

जसमा संसद् विघटनविरुद्ध जसपा अग्रमोर्चामा उभिएको र प्रतिगमन अझै नटरेकाले त्यतिबेला जुन जुन दलसँग सहकार्य गरिएको थियो, अहिले पनि तिनै दलसँग सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ। अर्थात् महन्थ ठाकुर र राजेन्द्र महतोले वार्ता गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भएकाले उनीसँग सहकार्य हुन नसक्ने उनको आशय छ।

‘संसद विघटनका बेला हाम्रो पार्टीले सबैभन्दा अग्रमोर्चामा उभिएर असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनको विरुद्ध संघर्ष गरेको थियो भने नेपाली कांग्रेस, नेकपाको दाहाल–नेपाल समूह पनि विस्तारै सडकमा आएका थिए,’ अध्यक्ष यादवको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘देशमा प्रतिगमनका खतरा अझै टरिसकेको छैन, त्यसैले अहिलेको राजनीतिक संकटको निकासका लागि पनि यिनै दलहरूबीच सहकार्य हुनु आवश्यक छ।’

कुनै पनि समीरकण वैचारिक राजनीतिक रूपले स्वाभाविक हुनुपर्ने र मधेस जनविद्रोहलगायत उत्पीडित समुदायको आन्दोलनमा दलले खेलेका भूमिका तथा संविधान संशोधनका लागि विगतमा संसदमा गरिएका गरेको सहकार्य त्यसका आधार हुनुपर्ने यादवले उल्लेख गरेका छन्।

‘संविधानको दोस्रो संशोधनको प्रस्तावमा अत्याधिक बहुमत प्राप्त भयो तर दुईतिहाइ नपुग्दा पारित हुन सकेन,’ प्रस्तावमा भनिएको छ, ‘त्यतिबेला नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सहकार्य भएको थियो, अहिले परिस्थिति फेरिएका छन्, हामीले विगतको समीक्षा र नयाँ आधारहरूको खोजी गर्नुपर्दछ। देशमा प्रतिगमनका खतरा अझै जीवित छ।’

साथै उनको राजनीतिक प्रस्तावमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भनेजस्तै जसपाले कसैको पुच्छर बन्ने होइन, आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्नुपर्नेमा जोड दिइएको छ।

प्रस्तावमा भनिएको छ, ‘हाम्रो हात खुट्टा बाँधेर सहमति हुन सक्दैन। त्यसैले पार्टीले वार्ताको ढोका खुला गरेको हो। यस्तो अवस्थामा जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्दछ।’

हेर्नुहोस्, उपेन्द्र यादवले लेखेको राजनीतिक प्रस्तावको बुँदा नम्बर ४.७

upendraprastab

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .