नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री केपी ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने बताएका हुन्।
उनले भने, ‘हिजो संविधान संशोधनको प्रस्ताव ल्याउँदा त्यसको विरोध कसले गर्यो, त्यसको विपक्षमा को उभियो, यो कुरो यति चाँडै बिर्सिने जसपाका नेताहरुले? जसपाका नेताहरुले त्यो बिर्सेको बाहाना गर्नुहुन्छ भने दीर्घकालिन राजनीतिमा त्यसको हिसाबकिताब स्वभाविक रुपमा राम्रो हुँदैन। हामीलाई के विश्वास छ भने जसपा यदी परिवर्तनको पक्षमा छ भने जसपाले प्रतिगमनतिर देशलाई लैजान खोज्ने प्रधानमन्त्रीलाई समर्थन गरेर आफ्नो बाँकी राजनीतिको हत्या आफैँ गर्ने छैन।’
जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताए।
उनले भने, ‘जसले हाम्रो मागलाई सम्बोधन गर्छ। जसले हाम्रो बन्दी रिहाइ गर्छ। मुद्दा फिर्ता गर्छ। संविधान संशोधन गर्छ हामी त्यसलाई समर्थन गर्छौँ त्यो बाहेक हाम्रो कुनै एजेण्डा छैन।’

प्रतिक्रिया