राजनीति


माधव नेपालले कार्यकर्तालाई भने : तपाईंहरु एमाले हुन्जेल कसैले पद खोस्न सक्दैन

माधव नेपालले कार्यकर्तालाई भने : तपाईंहरु एमाले हुन्जेल कसैले पद खोस्न सक्दैन

नेपालखबर
चैत ६, २०७७ शुक्रबार १२:४०,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्।

एमालेकाे खनाल-नेपाल पक्षीय अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरुले पार्टी फुटाउने कुरा नगरेको बताए।

आफूहरु सधैँ पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे।

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने अध्यक्षले चेतावनी दिए पनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरुलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए।

उनले भने, ‘पुर्व एमालेको ठाउँमा फर्किऔं। कार्यकर्ता भेलामा भनेको कुरा के हो भने हामी पार्टी फुटाउने होइन। पार्टी एकतावद्ध बनाएर लैजाने हो। २०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए। एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुनजुन संरचना थिए। जो जो पदाधिकारी, सदस्य थिए। ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ। पार्टी एकतावद्ध भएर अघि बढाउनुपर्छ। तपाईंहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईको पद खोस्न सक्तैन।’

नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुनसक्छ भनेर आफूहरुले परामर्श गरिरहेकाले नआत्तिइकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए।

केही समयअघि अध्यक्ष ओली पक्षकाे महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad