ad ad

राजनीति


राजकिशोर यादव भन्छन् : जसपा एक ढिक्का छ, कसैका कारण विभाजित हुदैन

राजकिशोर यादव भन्छन् : जसपा एक ढिक्का छ, कसैका कारण विभाजित हुदैन

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ९:२०,

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो पार्टी अहिलेको परिस्थितिबारे विभाजित रहेको भन्ने भनाइको खण्डन गरेका छन्।

‘जसप एक ढिक्का छ, हामी कसैको कारणले फुट्नेवाला छैनौं, कसैको कारण लड्नेवाला पनि छैनौं,’ उनले शुक्रबारको संसद बैठकमा सम्बोधन गर्दै भने, ‘हामी सही समयमा सही निर्णय लिन्छौं।’

प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिने वा नयाँ सत्ता समीकरणको पक्षमा उभिने भन्नेमा जसपा विभाजित रहेको भन्ने चर्चा चलिरहेका बेला उनले आफ्नो पार्टी एक ढिक्का रहेको बताएका हुन्।

पार्टीका नेता रेशम चौधरीको रिहाइका लागि सरकारले सर्त अघि सारेको भन्दै उनले त्यसप्रति गुनासो गरे।

आन्दोलनमा लागेका नेता चौधरीको रिहाइलाई सरकारले लेनदेनको विषय बनाएको र सर्तको रुपमा अगाडि सारेको भन्दै उनले आक्रोश व्यक्त गरे।

‘थरुहट आन्दोलनमा लडेर आएका एकजना सांसद रेशम चौधरी थारु भएकै कारण जेलमा बस्नुपर्ने? सांसद यादवले भने, ‘हामी कस्तो थिति, कस्तो विधि बनाउँदैछौं? गणतन्त्र, लोकतन्त्रका लागि तपाईँसँगै हातमा हात काँधमा काँध मिलाएर तपाईँसँगै लड्यौं। हामी जेल जीवन विताउनुपर्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .