ad ad

राजनीति


संसदमा कांग्रेसको प्रश्न : अदालतले असंवैधानिक कदम भनेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन?

संसदमा कांग्रेसको प्रश्न : अदालतले असंवैधानिक कदम भनेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन?

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ८:१०,

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन्।

उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर भनिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।

‘हामी सरकारको सदस्यको ध्यानाकर्षण गराउन चाहन्छौं, अदालतले असवैधानिक भनेपछि संविधान मान्छौं भन्ने सरकारले त्यो गल्तिको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन,’ प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै खाँणले भने।

उनले अहिलेको सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्न थालिएको बताए।

सरकार बनेकै दिनबाट विचार अभिव्यक्तिमाथि प्रहार भएको, माइतीघरमा प्रदर्शन गर्न राेक लगाइएकाे र त्यसविरुद्ध अदालत जानुपरेको उनले स्मरण गरे।

मिडिया विधेकय, गुठी विधेयक किन ल्याउन परेको भनी उनले प्रश्न गरे।

महाअभियोग आउँछ भनेर सदनको बैठक नै अन्तय गर्दिेने? उनको प्रश्न थियो।

सरकारले संस्कृति, परम्परा, विचार अभिव्यक्तिमा बन्देज लगाउन खोजेको भन्दै उनले त्यस्ता प्रवृत्ति खतरनाक भएको बताए।

सरकारले नागरिकको गोपनीयता समाप्त गर्ने विधेयक ल्याएकोमा पनि उनले आपत्ति जनाए।

कोभिडको महामारीमा गम्भीर छलफल गरौं, संक्रमण रोक्न छलफल गरौं भन्दा भूमिगत शैलीमा संसदको बैठक नै अन्त्य गरेको भन्दै उनले सरकारको आलोचना गरे।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध कांग्रेसले विरोध कार्यक्रम आयोजना गरेको स्मरण गरे। उनले सरकारको अधिनायकवाद, सर्वसत्तावादविरुद्ध र संविधानको रक्षाका लागि कांग्रेसले आन्दोलन गर्नुपरेको उनको भनाइ थियो।

सरकारको असंवैधानिक कदम र अधिनायकवादको यात्रामा रोक्न सबैको समर्थन रहेको समेत उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .