महान्यायाधिवक्ता अग्निप्रसाद खरेल पदबाट राजीनामा दिएका छन्।
शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्त खरेलले राजीनामाको घोषणा गरेका हुन्।
उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको पत्रकार सम्मेलनमा जानकारी दिए।
‘तपाईंहरुले अस्ति केहीकेही चिजहरु मिडियामा लेख्नुभयो, क–कसले लेख्नुभयो तपाईंहरु आफै जान्नुहोस्, मैले त्यो कुरा भनेको, गरेको थिइन्। आज मैले तपाईंहरुको ईच्छा पूरा गर्दैछु’, उनले भने, ‘आज मैले तपाईंहरुले लखेबमोजिमको काम गरेर आएको छु। सम्माननीय प्रधानमन्त्री ओलीलाई भेटेर आएको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु।'
उनले आफ्नो बारेमा लेख्दा एकपटक सोध्न आग्रह समेत आग्रह गरे।
महान्यायाधिवक्ता खरेलले ३ वर्षे कार्यअनुभव र आफूले गरेका कार्यको बारेमा पनि चर्चा गरेका थिए।
प्रतिक्रिया