राजनीति


वाईसीएलको राष्ट्रिय भेला जेठ २८ देखि, दुई लाख नयाँ सदस्यता वितरण गर्ने

वाईसीएलको राष्ट्रिय भेला जेठ २८ देखि, दुई लाख नयाँ सदस्यता वितरण गर्ने

नेपालखबर
चैत ५, २०७७ बिहिबार ११:११,

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय भेला आगामी जेठमा हुने भएको छ।

चैत्र ४ र ५ गते काठमाडौँमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको वाईसीयलका सचिव पुष्प ओलीले जानकारी दिए।

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने उनले बताए।

संगठनलाई गतिशील बनाउन लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटी देखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए।

बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रको एकता खारेज गरेर दुवै पार्टीलाई पूर्ववत अवस्थामा पठाइदिएपछि पहिलोपटक वाईसीएलको बैठक बसेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad