नेकपा एमाले (ओली पक्ष) का केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टीमा माधव नेपाल र झलनाथ खनाल पक्षले चेस नभएर लुँडो खेलिरहेको टिप्पणी गरेका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल-खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरेकोप्रति संकत गर्दै उनले त्यसलाई चेस नभएर लुँडो खेलको संज्ञा दिएका हुन्।
‘एमालेको खेतबारीमा नुन छर्न हिँडेकाहरुले खेलिरहेको खेल चेस हैन लुँडो हो,’ बिहीबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तब्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो। हाम्रो त सुझाव हो के रे? नमाने पनि केही छैन।’

प्रतिक्रिया