नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुली पुगेर २७ वर्षअघिको माओवादी विद्रोह सम्झिएका छन्।
जिल्लाका अगुवा कार्यकर्ता भेलाका लागि बुधबार सिन्धुली पुगेका प्रचण्डले आज (बिहीबार) बिहान आयोजित पत्रकार सम्मेलनमा आफू २७ वर्षपछि सिन्धुली आइपुगेको भन्दै युद्धकाल स्मरण गरेका हुन्।
आफूले पार्टी एकता गरी बनाएको दुईतिहाइको बहुमतको सरकारबाट देशमा स्थायित्व, शान्ति र समृद्धिको यात्रा अगाडि बढ्ने ठूलो विश्वास गरेको तर ३ वर्ष पुग्दा नपुग्दै दुर्घटनामा परेको उनले उल्लेख गरे।
कार्यकर्ता भेटघाटमा प्रचण्डले भने, ‘अनौपचारिक सन्दर्भमा म सिन्धुली आइपुगें, २७ वर्षअगाडि हरिबोल गजुरेलजीको पुरानो घरमा बास बसेको थिएँ, विद्रोहको तयारीका लागि देशभर प्रशिक्षण चलिरहेको थियो, त्यसैको सिलसिलामा म यहाँ आइपुगेको थिएँ।’
प्रचण्डका थप भनाइ
दीर्घ श्रेष्ठको घरमा त्यतिबेला महत्वपूर्ण प्रशिक्षण भएको थियो। र, अहिले २७ वर्षपछि एकचोटि फेरि हरिबोल गजुरेलजीको घरमा आइपुगेको छु। मलाई आउन भनिरहनुभएको थियो, मलाई आउने इच्छा पनि थियो। तर समय मिलिरहेको थिएन।
काठमाडौं वा देशको पछिल्लाे राजनीतिक घटना क्रममा चैत ४ र ५ को बैठकमा केन्द्रित रहेको, हाम्रै पार्टीको केन्द्रीय समितिको बैठक सकिएको र केही निर्णय गरेर सर्कुलर गरिएको २ दिनचाहिँ टाइम निक्ल्यो मलाई, र २७ वर्षपछि सिन्धुलीमा जिन्दगीमा २७ वर्षपछि पुरानो सम्झनलाई ताजा बनाउने उद्देश्यले म बिलकुल अनौपचारिक भ्रमणमा आएको हुँ। तर काठमाडौंबाट सिन्धुली आइपुग्दा बीच बीचमा जनताको जुन जिज्ञासा पाएँ, त्यसले अनौपचारिक भन्दाभन्दै औपचारिकभन्दा पनि अझ महत्वपूण बन्यो।

प्रतिक्रिया