खेल


युइएफए च्याम्पियन्स लिग : वार्यन म्युनिख र चेल्सी अन्तिम ८ मा

युइएफए च्याम्पियन्स लिग : वार्यन म्युनिख र चेल्सी अन्तिम ८ मा

नेपालखबर
चैत ५, २०७७ बिहिबार ३:२,

वार्यन म्युनिख र चेल्सीले अन्तिम ८ मा स्थान बनाएसँगै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पुरा भएको छ।

अब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा तीन इंग्लिस क्लब लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी, दुई जर्मन क्लब बायर्न र बोरुसिया डर्टमुन्ड, फ्रेन्च क्लब पीएसजी, पोर्चुगिज क्लब एफसी पोर्टो र स्पेनिस क्लब रियल म्याड्रिड खेल्नेछन्।

गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन वार्यन म्युनिखले इटालियन क्लव लाजियोलाई २–१ ले तथा समग्रमा ६–२ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

पहिलो लेगमा बायर्न ४–१ ले विजयी भएको थियो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे। लाजियोका मार्को पारोलोले सान्त्वना गोल फर्काए। बायर्नले खेलको ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो।

७३औं मिनेटमा सव्सिच्युट इरिक म्याक्सिम चुपो मोटिङले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। ७१औं मिनेटमा लेवान्डोस्कीको स्थानमा मैदान प्रवेश गरेका मोटिङले डेभिड अलवाको पासमा गोल गरेका थिए। ८२औं मिनेटमा मार्को पारोलोले शान्त्वना गोल फर्काए।

गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई पराजित गर्दै चेल्सीले क्वार्टरफाइनल यात्रा तय गरेको हो। स्पेनी टोलीलाई २–० ले पराजित गर्दै चेल्सीले समग्रमा ३–० को जित निकालेको हो।

चेल्सीको जितमा हाकिम जिएच र एमर्सन पाल्मेरीले एक एक गोल गरे। खेलको ३४ औं मिनेटमा जिएच र पाल्मेरीले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad