नेकपा एमालेका सचिव योगेश भट्टराईले कर्णाली प्रदेश सरकारलाई एमालेले दिएको समर्थन कायमै रहेको बताएका छन्।
राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका प्रमुख समेत रहेका भट्टराईले यस्तो बताएका हुन्।
बुधबार बसेको एकाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिने निर्णय गरेको थियो। संसदीय दलमा एमालेको नेपाल पक्ष भने अनुपस्थित रहेको बताइएको छ।
त्यसबारे पत्रकारले राखेको प्रश्नमा उनले एमाले र माओवादीको संयुक्त सरकार रहेको बताउँदै उनले समर्थन कायमै रहेको बताएका हुन्।
‘कर्णाली प्रदेशमा एमाले र माओवादीको संयुक्त सरकार छ। माओवादीका नेता मुख्यमन्त्री हुनुहुन्छ, एमालेका साथीहरु पनि त्यो सरकारमा सामेल हुनुहुन्छ’, नेता भट्टराईले भने, ‘त्यो सरकाप्रतिको एमालेको समर्थन अहिलेसम्म कायम छ।’
यसअिघि कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले समर्थन फिर्ता लिने निर्णय अवैधानिक भएको बताएका थिए।
Shares
प्रतिक्रिया