ad ad

राजनीति


प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सहभागी नहुने

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सहभागी नहुने

नेपालखबर
चैत ४, २०७७ बुधबार ११:५१,

नेकपा–एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहीबारका लागि बोलाएको संसदीय दलको बैठकमा सो पार्टीको नेपाल–खनाल पक्ष सहभागी नहुने भएको छ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज र भोलि जारी रहने कार्यकर्ता भेलाका कारण आफूहरु सो बैठकमा उपस्थित हुन नसक्ने बताएका छन्।

‘प्रधानमन्त्रीले संसदीय दलको बैठक बोलाउनुभएको छ, आज मात्रै एसएमएसबाट बैठकको सूचना आएको थियो तर संसदीय दलका नेता तथा प्रधानमन्त्री र संसदीय दलको कार्यालयलाई पनि आज र भोलि एमाले कार्यकर्ता भेला छ भन्ने थाह थियो, यहाँ अधिकांश नेता, सांसद, संसदीय फाँटका अधिकांशको सहभागगिता भएको जानकारी नभएको होइन,’ भट्टराईले भने, ‘संसदीय दलको बैठकमा जान्छौं, आपत्ति होइन, तर भेलाको कार्यव्यस्तताका कारण आउन सक्दैनौं भनेर हामीले विनम्रताका साथ भनेको छौं।’

त्यसपछि अनुकूल समयमा गरिने संसदीय दलको बैठकमा आफूहरु सहभागी हुने पनि उनले प्रष्ट्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .