नेकपा–एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीको धम्कीबाट नतर्सिने बताएका छन्।
उनले अध्यक्ष ओली स्वयं चाहिँ गलत आधारमा उभिएको बताउँदै पार्टी विधानविपरित गतिबिधि गर्ने अध्यक्ष पनि कारबाहीको भागिदार हुने बताए।
अदालतले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले राखेका बैठक र त्यहाँबाट गरिएका निर्णय नै अवैधानिक भएको उनको भनाइ छ।
पाण्डेले ओलाीलाई गलत आधारमा उभिएर पार्टी विधानविपरित गतिबिधि गरिरहेको हुँदा पार्टी अध्यक्ष पनि कारबाहीको भागिदार हुने बताए।
‘गलत आधारमा खडा भएर कारबाहीको कुरा गरिएको छ, यसरी कार्यकर्ता तर्साउन खोजिएको होला, अहिलेका कार्यकर्ता त्यसबाट तर्सिँदैनन्,’ पाण्डेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए।
यो पनि :
नेपाल–खनाललाई कारबाहीको संकेत गर्दै ओलीले भने– भोलिको भेलामाथि नजर राखिनेछ

प्रतिक्रिया