राजनीति


भेलामा नजर लगाउँछु भन्ने ओलीलाई नेपाल समूहको निम्तो : प्रमुख अतिथि भएर आउनुहोस्

भेलामा नजर लगाउँछु भन्ने ओलीलाई नेपाल समूहको निम्तो : प्रमुख अतिथि भएर आउनुहोस्

नेपालखबर
चैत ३, २०७७ मंगलबार ८:३८,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

मंगलबार भेलाबारे जानकारी दिन ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराई प्रधानमन्त्री ओलीलाई भेलामा सहभागी हुन आग्रह गरेका हुन्।

मंगलबार नै बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिको भेलामा नजर रहने बताएका थिए। ओलीको सोही भनाइको जवाफ दिँदै नेता भट्टराईले भोलिको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन्।

‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउनका लागि कसैलाई खटाउनै पर्दैन’, नेता भट्टराईले भने, ‘यो भेलामा देशभरबाट को को आएछन् तपाईं नै आएर हेर्नुहोस् र आतिथ्यता ग्रहण गर्नुहोस्। उद्घाटन गर्नुहोस्। देशभरबाट आएका तपाईंकै कार्यकर्ता हुन्, केन्द्रीय सदस्य हुन्। के भन्नुहुन्छ उहाँहरुलाई भन्नुहोस्।’

उनले कारबाहीले मुलुक र पार्टी अगाडि नबढ्ने भन्दै कारबाहीको धम्की नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

‘यो अहंकारपूर्ण अभिव्यक्ति हो। हामीलाई कुनै दुःख छैन। हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध छौँ। त्यसमा हामीलाई कुनै पश्चताप हुनेछैन’, भट्टराईले भने, ‘हामी मुलुक, संविधान, जनसमर्थनको रक्षाका निम्ति उभिएका मानिस हौ। हामीलई त्यसका कुनै हिनताबोध छैन। त्यसैले तपाईंले गर्ने प्रत्यक कारबाहीका लागि हामी लामबद्ध छौँ।’

उनले इतिहासले सोधेका प्रश्नको जवाफ ओलीले दिनुपर्ने भन्दै उनले भोलि ओलीको पक्षमा दुईथोपा आँसू झार्ने मानिस समेत नहुने बताए।

उनले धम्कीको भाषा नबोल्न समेत आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad