राजनीति


देउवाकै कारण केपी ओली सत्तामा टिकिरहेका छन् : रामचन्द्र पौडेल

देउवाकै कारण केपी ओली सत्तामा टिकिरहेका छन् : रामचन्द्र पौडेल

नेपालखबर
चैत ३, २०७७ मंगलबार ८:३,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाकै कारण प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा टिकिरहन सफल भएको बताएका छन्।

पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण गर्ने कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सभापतिकै कारण पार्टीले कुनै निर्णय नगरेको आरोप लगाएका हुन्।

ओली सरकार ढाल्नको लागि सभापति देउवालाई आफूले पटक–पटक भनेको उनको दाबी छ।

‘मैले राजधानीबाहिर निस्किँदा पनि पार्टी सभापति देउवालाई फोनमार्फत सरकार ढाल्न आग्रह छु’, पौडेलले भने, ‘पार्टी अनिर्णयको बन्दी बन्नुहुँदैन भन्ने कुरामा मैले निकै जोड दिएँ।’

‘शशांक निवासमा हामीले बैठक बसेको बेलामा पनि सभापतिजीलाई फोन गरेर मैले दोधारमा बस्नुहुन्न भनेको थिएँ। जनता समाजवादी पार्टीले जे–जे गर्छु भनेर ओलीले भनेको छ हामी पनि गरौँ। माओवादी केन्द्रसँग मिलेर ओली सरकार ढालिदिऔँ भनेको हो। अहिलेसम्म केही निर्णय नभएकोमा अचम्ममा छु।’

पौडेलले कांग्रेसकै कारण जसपा सरकारमा नआएको हो भने कुनै पनि बेला राजनीति उल्टो दिशामा जान सक्नेतर्फ सचेत गराए।

‘कांग्रेसले कुनै निर्णय नगर्ने हो भने राजनीति अर्कै दिशामा जानसक्छ। देशमा थरिथरिका खेलाडीहरु छन्। अन्तर्राष्ट्रिय खेल पनि हुनसक्छ, यिनीहरुको हातमा जाने अवस्था हुन दिनुहुन्न’, पौडेलले भने।

प्रदेश सरकारसमेत ढाल्न आफूले सुझाव दिएको तर सभापति मौन बसेको भन्दै वरिष्ठ नेता पौडेलले यसमा रहस्य लुकेको शंका गरे।

‘दुईवटा प्रदेश सरकारमा अविश्वासको प्रस्ताव आएको अवस्था र केन्द्रको केपी ओली सरकार संकटमा परेको बेला तीनै सरकार ढलाउन आफूले भने पनि सभापतिले मान्नुभएन, उहाँको
उदासीनता रहस्यमय लागिरहेको छ’, पौडेलले भने।

नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित सो पुरस्कार कास्कीका पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad