राजनीति


एमाले फुट्छ कि भन्ने गम्भीर चिन्तामा योगेश भट्टराई

एमाले फुट्छ कि भन्ने गम्भीर चिन्तामा योगेश भट्टराई

नेपालखबर
चैत ३, २०७७ मंगलबार ४:२५,

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी फुट्ने हो कि भनेर चिन्ता प्रकट गरेका छन्।

सोमबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै उनले पार्टी एकता जोगाउन सम्बन्धित सबैलाई पहल गर्न आह्वान गरेका छन्।

‘टुटेको संवाद जोडिनु राम्रो हो, ’ मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले भनेका छन्, ‘सबैले सकारात्मक पहल गरौं। सम्भावित दुर्घटनालाई रोकौं। भावी पुस्तालाई जोगाऊँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad