राजनीति


प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

नेपालखबर
चैत २, २०७७ सोमबार ४:७,

नयाँ सरकार गठनको चर्चा तथा नेकपा एमालेभित्र तीव्र विवाद भइरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच आइतबार करिब डेढ घण्टा कुराकानी भएको हो।

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली आइतबार साँझ ७ बजे राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। त्यहाँबाट उनी साढे ८ बजेतिर बाहिरिएको स्रोतले जानकारी दिएको छ।

उनीहरूबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

एमालेभित्र विभाजन देखापरेको तथा सरकार अल्पमतमा पर्न लागेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ। यद्यपि बालुवाटार स्रोतले यसलाई नियमित भेट भनेको छ।

प्रधानमनत्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच कोटेश्वरमा छलफल भइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad