राजनीति


म्यानमारका भूमिगत नेता भन्छन्- सैन्य शासनविरुद्धको आन्दोलनलाई निरन्तरता दिन्छौँ

म्यानमारका भूमिगत नेता भन्छन्- सैन्य शासनविरुद्धको आन्दोलनलाई निरन्तरता दिन्छौँ

नेपालखबर
चैत १, २०७७ आइतबार २३:४४,

म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण भएको भन्दै थानले छिट्टै बिहानी आउने विश्वास व्यक्त गरे। सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए । मान विन खाइन थान त्यसका प्रमुख हुन्।

सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ।

भूमिगत रहेर नै उनले सैन्य ‘कू’ अस्वीकार गर्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन्।। सैन्य शासनविरूद्ध भएको आन्दोलनका क्रममा शनिवार म्यान्मारमा १२ प्रदर्शनकारीहरूको मृत्यु भएको छ।

सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ।

गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ । यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफु तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad