राजनीति


माओवादी केन्द्रको बैठकमा गृहमन्त्री थापासहित एमालेमा गएका मन्त्री र नेतालाई कारबाही गर्न प्रस्ताव

माओवादी केन्द्रको बैठकमा गृहमन्त्री थापासहित एमालेमा गएका मन्त्री र नेतालाई कारबाही गर्न प्रस्ताव

नेपालखबर
चैत १, २०७७ आइतबार ८:१,

नेकपा (माओवादी केन्द्र)ले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका नेताहरुलाई कारबाही गर्ने भएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा एमालेमा गएका मन्त्री थापासहितका अन्य मन्त्री र नेताहरुलाई कारबाही गर्नेसहितका ६ वटा एजेन्डामा छलफल चलिरहेको एक केन्द्रीय सदस्यले बताए।

उनले बैठकमा अहिले विधान, संगठनात्मक संरचना र अनुशासनबारे छलफल भइरहेको हो। थापासहितका नेताहरुलाई अनुशासनको कारबाही गर्ने ती नेताले बताए।

 माओवादी केन्द्रबाट मन्त्री बनेका थापासहितका ७ मन्त्री र अन्य २३ अहिले एमालेमा लागेका छन्।

गृहमन्त्री थापासहित उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, शहरी विकासमन्त्री प्रभु शाह, खेलकुद मन्त्री दावा तामाङ एमालेमा लागेका हुन्।

यसैगरी एमालेमा खुलेका अन्य केही नेताहरुलाई समेत आजको केन्द्रीय समितिको बैठकले कारवाही गर्ने निर्णय गर्ने ती नेताले बताए।

यस्तै वर्तमान परिस्थितिबारे पनि रिपोर्ट प्रस्तुत गर्ने अर्को एजेण्डा रहेको छ।

राष्ट्रिय कार्यकर्ता भेला र विविध एजेन्डामा पार्टीको नाम परिवर्तन, विधान, संगठनात्मक संरचना र अनुशासन कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ।

आजको बैठकमा एमालेसँगको एकतापछि नेकपामा केन्द्रीय सदस्य रहेकाहरु मात्र उपस्थित छन् ।बैठकमा एक सय ८० जना उपस्थित रहेको ती नेताले बताए।

 नेकपा बनेपछि माओवादीका तर्फबाट २ सय केन्द्रीय सदस्य बनाइएको थियो। जसमा गृहमन्त्री थापासहित केही केन्द्रीय सदस्य केपी शर्मा ओलीको एमालेमा खुलेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad