नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपापा र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदै सहमति भएको छ।
एकताको लक्ष्यसहित शनिबार दुई पार्टीबीच तीन बुँदे सहमति भएको हो।
सहमति पत्रमा नेकपा महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष कर्णजीत बुढाथोकीले हस्ताक्षर गरेका छन्।
सहमतिको पहिलो बुँदामा दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने, दोस्रो बुँदामा क्रान्तिकारी पार्टीबीच एकताका लइा राखी सहमति र सहकार्य गर्ने र तेस्रो बुँदामा यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागी बनाउने रहेका छन्।


प्रतिक्रिया