राजनीति


माओवादी केन्द्रसँग वार्ता गर्न पेरिसडाँडा गएको हुँ : भीम रावल

 माओवादी केन्द्रसँग वार्ता गर्न पेरिसडाँडा गएको हुँ : भीम रावल

नेपालखबर
फागुन २९, २०७७ शनिबार ११:२७,

नेकपा एमाले नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)सँग राजनीति छलफलका लागि आफू पेरिसडाँडा गएको बताएका छन्।

शनिबार बिहान माओवादी केन्द्रको स्थायी समिति बैठक चलिरहेका बेला नेता रावल पेरिसडाँडा पुगेको चर्चा चलिरहेका बेला नेता रावलले आफू माओवादी केन्द्रसँग वार्ताका लागि गएको बताएका हुन्। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेता रावल व्यक्तिगत कामले आएको प्रतिक्रिया दिएका थिए।

एमालेको माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठकका निर्णयबारे पत्रकारलाई जानकारी दिने क्रममा नेता रावलले आफू व्यक्तिगत कामले नभई राजनीतिक संवादका लागि गएको बताएका हुन्।

‘म किन नजाने? नेपालको एउटा सशक्त कम्युनिस्ट पार्टी माओवादीसँग वार्ता गर्न जान्छु। जुन बेला पनि जान्छु, अरु लोकताीन्त्रक पार्टीसँग पनि वार्ता गर्न जान्छु’, नेता रावलले भने।

उनले आफू व्यक्तिगत कामले नभइ राजनीतिक संवादका लागि पेरिसडाँडा गएको बताए।

‘व्यक्तिगत कामले होइन्, राजनीतिक संवादका लागि म त्यहाँ पुगेको हुँ’, नेता रावलले भने, ‘केपी शर्मा ओलीले बालुवाटारमा गुटबन्दी गरिरहनजे, आफ्ना मान्छे वरिपरि राखिरहने, अरुसँग पनि कुरा गरिरहने। हामीले कुरा गर्दा किन गएको भन्ने? यो हस्यास्पद कुरा हो।’

उनले आफूले माओवादीलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिनू नभनेको प्रष्ट पारे। ‘मैले त्यहाँ के कुरा गरे भन्ने कुरा समय आएपछि भन्छु’, रावलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad