राजनीति


चैत ७ गतेको बैठकमा नआए नेपाल समूहलाई कारबाही गर्ने ओलीको चेतावनी

चैत ७ गतेको बैठकमा नआए नेपाल समूहलाई कारबाही गर्ने ओलीको चेतावनी

नेपालखबर
फागुन २९, २०७७ शनिबार १०:१८,

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते बोलाएको एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित हुन नेपाल–खनाल समूहलाई आग्रह गरेका छन्।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयदेखि एमालेका वरिष्ठ नेता माधवकुमार समूह बैठकमा उनुपस्थित भएको बताउँदै ७ गतेको बैठकमा आउन आग्रह गरेका हुन्। उनले पार्टी बैठकमा नआए विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

‘हिजो हामी केन्द्रीय समितिको बैठक बस्यौँ, उहाँहरु आइपुग्नु भएन, पहिलेदेखि आइरहनुभएको छैन केन्द्रीय समिति बैठकमा’, ओलीले भने, ‘अस्ति मैले सुने पेरिसडाँडाबाट अदालतको फैसलापछि रुवावासी गर्दै विदावारी भएर हिँड्नु भएको थियो रे। अर्याल होटलसम्म आइपुग्नु भएको छ। त्यहाँ एकदुई रात बास बस्नु भएको भन्ने सुनियो।’

उनले नेपाल समूहलाई खबर पु¥याउनका लागि चैत ७ गते बैठक बोलाएको भन्दै केन्द्रीय सदस्यलाई उपस्थित हुन आग्रह गरे।

‘प्रशस्त रहोस् भनेर चैत ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छु, यत्रोविग्न टेलिभिजनले खिचेको छ, लाइभ दिइरहेको होला। सुनिन भन्न पाइने छैन। २०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटिको बैठक बालुवाटारमा बोलाएको छु। केन्द्रीय कमिटिका सदस्यहरु आउनु होला’, ओलीले भने, ‘अनपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था बमोजिम हुँदै जाने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad