नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संयुक्त सरकारको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा नै बन्ने दावी गरेका छन्।
पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त गठबन्धन बन्न चालेको चर्चा चलिरहेका बेला नेता थापाले कांग्रेसकै र त्यसमा पनि देउवाकै नेतृत्वको सरकार बन्ने दावी गरेका हुन्।
शनिबार पूर्वी नवलपरासी पत्रकारसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्रीको विषयलाई लिएर कांग्रेसमा विवाद नरहेको बताएका बताउँदै उनले देशलाई ओलीकरणबाट जोगाउन कांग्रेसले सरकारको नेतृत्व लिने बताएका हुन्।
‘प्रधानमन्त्रीको विषयमा कांग्रेसमा विवाद छैन। सरकारको नेतृत्व कांग्रेसले गर्छ र सभापति शेरबहादुर देउवाले त्यसको नेतृत्व गर्नुहुन्छ’, नेता थापाले भने।
उनले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन ढिला गरे देशमा झन संकट थपिँदै जाने बताए।
Shares

प्रतिक्रिया