ad ad

राजनीति


माओवादी केन्द्रको स्थायी समिति बैठक चलिरहेकै बेला एमाले नेता रावल पुगेपछि...

माओवादी केन्द्रको स्थायी समिति बैठक चलिरहेकै बेला एमाले नेता रावल पुगेपछि...

नेपालखबर
फागुन २९, २०७७ शनिबार ५:४६,

नेकपा एमालेका नेता भीम रावल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक चेलिरहेकै बेला बैठक स्थल पेरिसडाँडा पुगेका छन्।

शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक चलरिहेकै बेला नेता रावल पुगेको एक नेताले बताए। 

‘माओवादी स्थायी समिति बैठकमा चलिरहेकै बेला एमाले नेता भीम रावल पेरिसडाँडा आउनु भएको थियो’, एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘उहाँ करिब आधाघण्टा जति बस्नु भयो, अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छलफल गरेर फर्किनु भयो।’

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई खबरै नगरी पार्टी पदाधिकारी खारेज गर्नुका साथै महाधिवेशनको मिति घोषणा गर्ने निर्णय गरेपछि एमालेको नेपाल समूहको पनि आज स्थायी र केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि नेता रावल नेपालको सन्देश लिएर पेरिसडाँडा पुगेका हुन्।

एमालेमा ओलीको कदमपछि बदलिएको परिस्थितिका विषयमा रावलले प्रचण्ड र श्रेष्ठसँग झण्डै आधा घण्टा कुरा गरेको ती स्थायी समिति सदस्यले बताए।

शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ओली सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने, चैत २ गते बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्ने, एमालेले आफ्नो केन्द्रीय कमिटीमा राखेका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने लगायतका निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .