ad ad

राजनीति


भ्रमण वर्ष सफल बनाउन पर्यटनमन्त्री भट्टराईले गरे यस्तो आग्रह

भ्रमण वर्ष सफल बनाउन पर्यटनमन्त्री भट्टराईले गरे यस्तो आग्रह

नेपालखबर
साउन २६, २०७६ आइतबार १२:१०,

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउनका लागि सहयोग गर्न सम्बन्धित सबैसँग आह्वान गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन सरोकारवाला सबै निकायलाई आग्रह गरेका छन्। नेपालको गन्तव्य स्थलहरुको विश्वभर प्रचार–प्रसार गर्ने लगायतका सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ ।

 नेपाल भ्रमण वर्ष २०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य,सांस्कृतिक विविधता तथा साहसिक पर्यटकको एक प्रमुख गन्यव्यको रुपमा विश्व पर्यटक बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नकालागि विश्वको हरेक कुना, तह र तप्कामा रहेका नेपालीहरुमा मन्त्री भट्टराईले सबै नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेका छन्।

मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका छन्।

 सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .