कला


दक्षिण एसियाली साहित्य डिएससी पुरस्कार यस वर्ष नेपालमा

दक्षिण एसियाली साहित्य डिएससी पुरस्कार यस वर्ष नेपालमा

नेपालखबर
साउन २६, २०७६ आइतबार १२:१९,

दक्षिण एसियाली साहित्य डिएससी पुरस्कार २०१९ को नवौँ संस्करण पोखरामा आयोजना हुने भएको छ।

‘आइएमई नेपाल साहित्य महोत्सव २०१९’ नाम दिइएको महोत्सव मंसिर २६ देखि ३० गतेसम्म चल्नेछ भने महोत्सवको अन्तिम दिन पुरस्कार वितरण गरिनेछ।

हरेक वर्ष पालैपालो दक्षिण एसियाली देशहरूमा यो पुरस्कार वितरण गरिँदै आइएको छ। सन् २०१६ को डिएससी पुरस्कार श्रीलंकाको ग्याली लिटरेअरी फेस्टिभलमा, २०१७ मा बंलादेशस्थित ढाका लिटरेअरी फेस्टिभलमा र २०१८ को भारतको कोलकतामा टाटा स्टिल कोलकत्ता लिटरअरी मिटमा घोषणा गरिएको थियो।

यसै रोलक्रमअनुसार यस वर्ष नेपालको साहित्य महोत्सवमा घोषणा गर्न लागिएको महोत्व आयोजक संस्था बुकवर्मका निर्देशक अजित बरालले जानकारी दिए। पुरस्कारका लागि मनोनित स्रष्टासमेत नेपाल आउनेछन्।

नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एसियाली साहित्य, डिएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘दक्षिण एसियाली साहित्यलाई विश्वसामू साक्षात्कार गराउनु हाम्रो प्रमुख उद्देश्य हो।’

डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल साहित्य महोत्सवलाई विविध विषय र विधा माथि सौहार्दपूर्ण अन्र्तक्रिया गर्न सकिने एक तटस्थ दक्षिण एसियाली मञ्चको रुपमा उभ्याउन मद्दत पु¥याउने बरालको दाबी छ।

पुरस्कारबारे

२५ हजार अमेरिकी डलर राशी बराबरको डिएससी दक्षिण एसियाली साहित्य पुरस्कार दक्षिण एसियाकै एक गरिमामयी पुरस्कार हो, जसलाई सुरिना नरुला र मन्हद नरुलाले सन् २०१० मा स्थापना गरेका थिए। दक्षिण एसियाको उत्कृष्ट मौलिक लेखनलाई पुरस्कृत गरी विश्व साहित्यसँग साक्षात्कार गराउनु यस पुरस्कारको प्रमुख उद्देश्य हो।

दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीद्वारा आयोजित डिएससी पुरस्कारले अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गर्दै पारदर्शी निर्णायक प्रक्रिया अपनाउने गरेको छ। विभिन्न परिवेश र विज्ञता हासिल गरेका पाँच सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक समितिले पुरस्कारको निर्णय तथा छनोट गर्ने गर्दछ।

पाँच सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक समितिले सेप्टेम्बरसम्ममा १२ देखि १५ किताबको सूची निकाल्नेछ। त्यस्तै नोभेम्बरमा छनोटमा परेका पाँचदेखि ६ वटा किताबको सूची लन्डन स्कुल अफ इकोनोमिक्समा सार्वजनिक गरिनेछ।

लोकप्रिय एवम् बहुचर्चित डिएससी पुरस्कार दक्षिण एसियाको विषयवस्तु, परिवेश माथि कलम चलाउने विश्वका जुनसुकै देशका लेखकलाई प्रदान गरिन्छ। त्यति मात्रै नभएर यस पुरस्कारले दक्षिण एसियाली भाषामा लेखिएको कृति र अनुवादलाई पनि उत्तिकै मान्यता दिँदै आएको छ।

विश्व साहित्यमा उल्लेखनीय मान्यता पाएको यस पुरस्कारले लेखक र अनुवादक दुवैलाई पुरस्कारको राशि बराबर वितरण गर्ने गर्दछ। भारत, पाकिस्तान, श्रीलंका, बंलादेश, भुटान, म्यानमार, नेपाल, माल्दिभ्स र अफगानिस्तान गरी सम्पूर्ण दक्षिण एसियाको माटोको सुगन्ध बोकेको लेखनलाई यस पुरस्कारले पुरस्कृत र प्रवद्र्धन गर्दै आएको छ।

पाकिस्तानका एच एम नाक्भी, श्रीलंकाका सेहन करुनाटिलाका, भारतका जित थाइल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकन लेखक झुम्पा लहरी, भारतकी अनुराधा रोय, श्रीलंकाका अनुक अरुदप्रागासम यसै पुरस्कारबाट सम्मानित साहित्यकार हुन्। गत वर्ष भारतको कोलकत्तामा आयोजित यस पुरस्कार समारोहमा लेखक जयन्त कैकिनी र अनुवादक तेजश्विनी निरञ्जनाले ‘नो प्रिजेन्ट्स प्लिज’ पुस्तकका लागि डिएससी पुरस्कार पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .