राजनीति


ओलीलाई अप्ठेरो परेपछि एमालेले हटायो ७० वर्षे प्रावधान

ओलीलाई अप्ठेरो परेपछि एमालेले हटायो ७० वर्षे प्रावधान

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १४:५५,

नेकपा (एमाले) ले पार्टी नेतृत्वको ७० वर्षे उमेर हद हटाएको छ।

शुक्रबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले नवौं महाधिवेशनले निर्धारित गरेको ७० वर्ष पुगेपछि पार्टीको कार्यकारी पदमा बस्न नपाउने व्यवस्थालाई हटाएको हो।

विधानको वाधा अड्काउ फुकाउने व्यवस्था अनुरुप महाधिवेशनको समयावधि, उमेरहद, कमिटीको संरचनालगायतका विषय परिवर्तित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले आगामी मंसिर २ देखि पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले हालै आफ्नो ७०औं जन्मदिन मनाएका छन्। पार्टी विधान अनुसार उनी अब पार्टीको अध्यक्ष बनिरहन असहज हुने हुँदा सो प्रावधान हटाइएको हो।

यस्तो, छ प्रवक्ता ज्ञवालीद्वारा जारी विज्ञप्ति

uml-statement.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad