नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन्।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले भेनका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो।’
यो उनको आधिकारिक धारणा भएको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए।
ओलीले शुक्रबार एकैदिन केन्द्रीय समितिका बैठक राखेर विभिन्न महत्वपूर्ण निर्णयका साथै एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेजगरेका हुन्। जसले गर्दा उपाध्यक्ष गौतमको पद पनि स्वतः समाप्त भएको छ।
याे पनि :
एमाले उपमहासचिव भुसाल भन्छन् : ओलीको एकलौटी निर्णयको प्रतिकार गरिनेछ
वाम विश्लेषक हरि रोकाको टिप्पणी : हप्ता नबित्दै ओली एमालेको ‘राजा’ बनेछन् !

प्रतिक्रिया