वाम विश्लेष हरि रोकाले सर्वाेच्च अदालतको पछिल्लो फैसला सर्वसत्तावाद मलजल गर्ने कु–देतामा परिणत भएको टिप्पणी गरेका छन्।
नेकपा खारेज गरी पुरानै पार्टी (नेकपा एमाले र माओवादी केन्द्र) पुनर्स्थापित गर्ने फैसला भएको हप्ता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली एमालेको ‘राजा’का रूपमा प्रकट भएको उनको विश्लेषण छ।
‘अदालतको पछिल्ला फैसला कसरी सर्वसत्तावाद मलजल गर्ने कु–देतामा परिणत भएछ, हेर्न धेरै पर्खनु परेन,’ ओलीले धमाधम आफ्ना विरोधीलाई ‘बाइपास’ गर्ने निर्णय गरिरहेका बेला शुक्रबार साँझ रोकाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फैसलाको हप्ता नबित्दै ओली पुनर्स्थापित एमालेको ‘राजा’ बनेछन्।’
उनले अगाडि लेखेका छन्, ‘पार्टीको एकल प्राधिकार, विधान पद्धतिभन्दा माथि। केही दिन प्रम रहिरहे संविधानमाथि एकलविजय प्राप्त गरेको घोषणा सुन्न पाइनेछ।’

प्रतिक्रिया