राजनीति


संसदमा एकै दिन १४ जनाको शोक प्रस्ताव पारित, अर्काे बैठक चैत ३ गते

संसदमा एकै दिन १४ जनाको शोक प्रस्ताव पारित, अर्काे बैठक चैत ३ गते

नेपालखबर
फागुन २६, २०७७ बुधबार ७:५२,

प्रतिनिधि सभा बैठकमा आज एकै दिन १४ जना पूर्व तथा बहालवाला सदस्यको शोक प्रस्ताव पारित गरिएको छ।

उनीहरु सबैको संसदको अघिल्लो अधिवेशनपछि यो बीचमा निधन भएकाे थियाे। बहालवाला र पूर्वसदस्य उनीहरुको आज शोक प्रस्ताव पारित भएको हो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधि सभा सदस्यहरु सानु शिवा, सूर्यबहादुर केसीसँगै संविधान सभाका सदस्य रहेका मानपुर चौधरी र भीमप्रसाद गौतमको शोक प्रस्ताव पारित गरिएको हो।

त्यस्तै पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र डा. शंकरप्रसाद उप्रेतीको शोक प्रस्ताव पनि पारित भएको हो।

पुस ५ मा सरकारले प्रतिनिधि सभा विघटन गरेपछि पुस १८ भित्रै डाकिनुपर्ने अधिवेशन रोकिएको थियो। तर पुस ११ मा सरकारको विघटन बदर गरेपछि २३ गते पहिलो बैठक बसेको थियो।

तर बैठक अवरोध भएपछि आज बसेको बैठकले १४ बहाल तथा पूर्वसदस्यको शोक प्रस्ताव पारित गरेको हो।

शाेक प्रस्ताव पारितसँगै बुधबारकाे बैठक स्थगित भएकाे छ। प्रतिनिधि सभाको अर्को बैठक २०७७ चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad