राजनीति


चैत १ गते केन्द्रीय समिति बैठक र २ गते प्रशिक्षण कार्यक्रम गर्ने माओवादी केन्द्रको निर्णय

चैत १ गते केन्द्रीय समिति बैठक र २ गते प्रशिक्षण कार्यक्रम गर्ने माओवादी केन्द्रको निर्णय

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १०:१७,

नेकपा माओवादी केन्द्रको मंगलबार दिउँसो बसेको स्थायी समिति बैठक सकिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले चैत १ गते केन्द्रीय समिति बैठक र चैत २ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ।

केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘चैत १ गते केन्द्रीय समिति र २ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ।’

अर्का स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार प्रशिक्षण कार्यक्रममा प्रदेश, जिल्ला र जनवर्गीय संगठनका नेताहरुको सहभागिता रहनेछ।

केपी ओली सरकारलाई पार्टीले दिएको समर्थन के गर्ने भन्ने निर्णय भने बैठकमा कुनै निर्णय नभएको पोखरेलले नेपालखबरलाई जानकारी दिए।

अन्य पार्टीसँग समेत छलफल गरेपछि मात्रै पार्टीले यसबारे निर्णय लिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad