राजनीतिक उथलपुथल भई नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला आज (मंगलबार) जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक बस्दै छ।
सिंहदरबारस्थित कार्यालयमा दिउँसो १ बजे जसपाको संसदीय दलको बैठक बस्ने भएको हो।
जसमा सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने सांसद राजकिशोर यादवले जानकारी नेपालखबरलाई दिएका छन्।
साथै संसदमा प्रस्तुत हुने विषय र नयाँ सरकारमा कुन पार्टीसँगग सहकार्य गर्नेलगायतका विषयमा पनि छलफल हुने जसपाले जनाएको छ।
याे पनि : सत्ता जोगाउन जसपा फकाउँदै ओली, रेशम चौधरी रिहा गर्ने ‘प्रतिबद्धता’

प्रतिक्रिया